धर्म संस्कारहरुमा उपनयन (व्रतबंध) संस्कार दशम संस्कार हो l मनुष्य जीवनमा यस संकारको विशेष महत्व छ l यस संस्कारको अनंतर नै बालकको जीवनमा भौतिक तथा आध्यात्मिक उन्नतिको मार्ग प्रशस्त हुन्छ l यसै संस्कार अंतर्गत ‘वेदारंभ संस्कार’ पनि समावेश गरिएको छ l साथै यस संस्कारलाई 'यज्ञोपवित संस्कार' पनि भनिन्छ l यस संस्कारमा वटुकलाई गायत्री मंत्रको दीक्षा एवं यज्ञोपवित (जनै) धारण गराइन्छ l विशेषगरी आ-आफ्ना शाखाअनुसार वेदाध्ययन पनि गरिन्छ l यो संस्कार ब्राह्मण बालकको आठौं वर्षमा, क्षत्रिय बालकको एघारौं वर्षमा र वैश्य बालकको बार्हौं वर्षमा गरिन्छ l उपनयनको अर्थ हो ‘सन्निकट या नजिक लैजानु’ तर कसको नजिक लैजानु ? संभवत: आरंभमा यसको तात्पर्य थियो ‘आचार्यको नजिक’ (शिक्षणको लागि) लैजानु l हुनसक्छ यसको तात्पर्य नवशिष्यलाई विद्यार्थीपनको अवस्थासम्म पुर्याईदिनु l केही गृह्यसूत्रहरुमा यसको आभास पाइन्छ, यथा हिरण्यकेशि गृह्यसूत्रको अनुसार; तब गुरुले शिष्यबाट भानाउंछ “ म ब्रह्मसूत्रलाई प्राप्त भएको छु, मलाई यसको नजिक लैजानु, सविता देवताद्वारा प्रेरित मलाई ब्रह्मचारी हुन दिनुस् l
Start typing and press Enter to search