श्री सत्यनारायण पूजा प्याकेज श्री सत्यनारायण पूजा आफूले चाहना गरेको फल प्राप्त होस् र शुखशान्ति, आरोग्यता प्राप्त होस् भन्ने उद्देश्यका साथ सत्यनारायणको पुजा लगाउने गरिन्छ। साथै नयाँ घरमा प्रवेश गरेको समयमा श्री सत्यनारायण पूजा लगाउनाले नयाँ घरको बसाई फलदायी हुन्छ भन्ने शास्त्रीय मान्यता पनि रहिआएको छ। सत्यनारायण व्रत कथा हिन्दू सनातन धर्मावलम्बीहरूको एक महत्वपूर्ण पूजा हो । यो पूजाको बारेमा हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणको रेवा खण्ड अन्तर्गत पर्ने ५ औं अध्यायमा उल्लेख भएको छ कथा प्रसंग जे जस्तो भएपनि विषय वस्तु भनेको रमा सहित श्री सत्यनारायण भगवानको पूजा हो । यो प्याकेज हिन्दू देवता विष्णुको धार्मिक पूजाको लागि हो। यो प्याकेजमा श्री सत्यनारायण पूजाको लागि समग्रीको पर्याप्त मात्राको साथ डिजाइन गरिएको छ। विभिन्न समुदाय र पण्डित अनुसार सत्यनारायण पूजा गर्ने सामाग्रीहरु फरक हुन सक्छन तर हामिले सबै समुदाय र पण्डितहरु लाइ सहज हुने गरि निम्नानुसारको सामग्रीहरुको सुची तयार गरेका छौ।
Start typing and press Enter to search