loading...
YOUR CART
Total: Rs.0
All Categories

Shop

Browse Categories

Size

Color

Brand

Price

न्वारान (नामसंस्करण कर्म)

नवजात शिशुको पहिलो पटक नाम जुराउने कार्यलाई न्वारान(नामसंस्करण कर्म) भनिन्छ, नामकरण संस्कार वा न्वारान हिन्दु धर्मका सोह्र संस्कारमध्ये बच्चा, युवा वा वयस्क मानिसलाई आ-आफ्नो रितिरिवाज वा प्रचलन अनुसार नाम राखिने कार्य हो । परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १० औं दिनसम्मलाई वृद्धि सूतक मानिएको हुनाले ११ औं दिनमा यो संस्कार गर्ने चलन चलेको हुनसक्छ । सामान्यत छोरा र छोरि दुबैको न्वारान ११ औँ दिनमा गर्ने चलन छ ।फेरिपनि कतै कतै छोराको न्वारान ११ औँ दिनमा र छोरिको न्वारान ९ औँ दिनमा पनि गर्ने चलन पाइन्छ ।कुनै खास बिशेष अवस्था परेमा सातौँ वा अन्य कुनै बिजोर दिनमा पनि यो कर्म गर्ने सकिने कुरा प्रचलनमा छ ।यो कार्य हवन सहित गरिन्छ। यो प्याकेज हिन्दू नवजात शिशुको पहिलो पटक नाम जुराउने कार्य न्वारान(नामसंस्करण कर्म) पूजाको लागि हो। यो प्याकेजमा न्वारान(नामसंस्करण कर्म) पूजाको लागि समग्रीको पर्याप्त मात्राको साथ डिजाइन गरिएको छ। विभिन्न समुदाय र पण्डित अनुसार न्वारान(नामसंस्करण कर्म) गर्ने सामाग्रीहरु फरक हुन सक्छन तर हामिले सबै समुदाय र पण्डितहरु लाइ सहज हुने गरि निम्नानुसारको सामग्रीहरुको सुची तयार गरेका छौ।

Rs.4750
Rs.5000

Start typing and press Enter to search

;